Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


ललित स्मृति एन्फा यु-१८ युथ लिगको तयारी पूरा


156
Shares

काठमाडौं । असार ३० गतेदेखि सुरु हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।

असार ३० देखि सुरु हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेतालाई ५० हजार तथा विधागत उत्कृष्ट हुनेलाई १५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ । प्रतियोगिताको तयारी बापत सहभागी क्लवले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मैदानमा हुने उहाँले बताउनु भयो । एन्फाले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार उद्घाटन खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दिउँसो १ बजे शुरु हुनेछ ।

प्रतियोगितामा गत संस्करण ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लव, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्यायाङदी क्लव, नेपाल पुलिस क्लव, न्युरोड टिम, संकटा क्लव, सातदोबाटो युथ क्लव, थ्रीस्टार क्लव र त्रिभुवन आर्मी फुटबल क्लवले प्रतिष्पर्धा गर्नेछन् ।