Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


७ वर्षसम्म पनि भएन पाँचथर जिल्ला अदालतको भवन निर्माण


91
Shares

पाँचथर । पाँचथर जिल्ला अदालतको भवन निर्माण सुरु गरेको ७ वर्षसम्म पनि अलपत्र बनेको छ ।

दुई वर्षमा सकिनुपर्ने निर्माण ठेकेदारको चरम लापरबाहीका कारण पाँच पटक म्याद थप्दा समेत अधुरै अवस्थामा छ ।

२०७४ असार २१ गते निर्माणका सम्झौता भई ०७६ असार २० गतेबाट भवन निर्माणको काम सुरु गरिएकोमा अझै पनि सकिएको छैन । सरकारले सार्वजनिक खरिद नियामवली संशोधन गरी ठेकेदारलाई म्याद थप गर्ने खुकुलो नीति बनाएका कारण पनि निर्माण पक्षले ढिलाई गरेको सरोकारवालाहरुको आरोप छ ।

शिवाको, बस्नेत जेभीले सुशिलबाबु श्रेष्ठ र रिठ बस्नेतले ३ करोड ३७ लाख ६१ हजार ६ सय ८५ रुपैयाको लागतमा भवन निर्माणको जिम्मा लिएका थिए । ठेकेदारहरु भने सम्पर्कमै आउन चाहेका छैनन् भने पछिल्लो पटक थपिएको म्याद पनि यही असार अन्तिममा सकिंदैछ । ६० प्रतिशत भुक्तानी उनीहरुले लिईसकेको बुझिएको छ ।