८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


रुसले गरेको मिसाइल आक्रमणबाट युक्रेनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो


624
Shares

एजेन्सी । रुसले युक्रेनका विभिन्न शहरमा प्रहार गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

युक्रनेका उत्तरी क्षेत्रमा रहेको उर्जा केन्द्रमा आक्रमण गरेको केही समयपछि राजधानी किभमा गरेको मिसाइल आक्रमणका क्रममा ओख्मादित नामको बालअस्पतालमा बिस्फोट हुँदा २ जनाको मृत्यु भएको हो ।

घटनामा १ सय ४० जना घाइते भएका छन् । आक्रमणले उक्त बाल अस्पतालमा क्षति पुगेको छ । कीभका मेयर भिटाली क्लित्सकोका अनुसार अस्पतालमा मृत्यु हुनेमा एक चिकित्सक र एक पेलेस्टाइनी नागरिक रहेका छन् ।

उद्धारकर्ताहरूले भग्नावशेषमुनि अझै धेरै मानिस फसेको आशंका गरी उद्धार कार्य जारी राखेका छन् । मिसाइल प्रहारपछि अस्पतालमा कोलाहल मच्चिएको थियो ।

युक्रेनका राष्ट्रपति भोलिडिमीर जेलेन्स्की पोल्याण्ड भ्रमणमा रहेकै बेला यो आक्रमण भएको हो । आक्रमणप्रति प्रतिक्रिया दिंदै राष्ट्रपति जेलेन्स्कीले रुसले कम्तीमा पनि ४० वटा क्षेप्यास्त्र आक्रमण गरेको बताउनु भएको छ । अस्पतालका भग्नावशेषमा थुप्रै बालबालिका पुरिएको भन्दै उहाँले रुसले युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाउनु भएको छ ।

कीभका मेयर भिटाली क्लित्सकोले रुस र युक्रेनबीचको युद्धका क्रममा रुसले गरेको यो नै सबैभन्दा कहालीलाग्दो घटना भएको बताउनु भएको छ ।