
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रिय कार्यालय बालाजुमा बस्नेछ । बैठकमा आज अनुशासन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।
साथै पार्टीका निलम्वित महामन्त्री डा. मुकुल ढकालमाथि कारवाही गर्ने वा निलम्वन हटाउने भन्नेबारे छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्