दाङ र दाङका आरन व्यवसायीको पुख्र्यौली पेशा संकटमा परेको छ ।
आरनेहरु दिनभर आगोसँग खेलेर पनि दुई छाक जुटाउन अप्ठ्यारो परेको गुनासो गर्छन् । उनीहरु ग्राहकको प्रतिक्षामै घन्टौं बिताउँछन ।
यो पेशामा दलित समुदायका मानिस संलग्न छन् । आरनले तयार गर्ने सामानलाई शहरका ठूला–ठूला कलकारखानाको उत्पादनले विस्थापित गरेपछि उनीहरुको रोजीरोटी खोसिएको हो ।
आरन व्यवसायी प्रेमबहादुर विकका अनुसार उनीहरुले आफूले बनाउने सामानको मूल्यभन्दा सस्तो मूल्यमा कलकारखानामा उत्पादन भएका सामान बजारमा पाईन थालेपछि यस्तो समस्या आएको हो ।
आरन व्यवसायीलाई एकातिर खर्च बढ्ने र अर्कोतिर आम्दानी घट्ने समस्या थपिएको छ ।
दाङमा दलित समुदायका ६५ हजार मानिस बसोबास गर्दछन् ।
आफूहरुले प्रयोग गर्ने कच्चा पदार्थ सहुलियत दरमा उपलब्ध भए पेशालाई निरन्तरता दिन सकिने उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्