काठमाडौं । कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय कटैनी खोलामा आएको बाढीले बगाउँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएको हो ।
यस्तै कैलालीकै कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेको छ । कैलालीको भजनी नगरपालिकाका ३ हजार बढी घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको नगर प्रमुख केवल चौधरीले बताउनुभयो ।








प्रतिक्रिया दिनुहोस्