Logo २२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026


एमालेका ८ जना मन्त्रीले दिए राजीनामा


4k
Shares

काठमाडौं । नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।

बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारमा भेटेर मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

राजीनामा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका हुन् ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।