Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु


559
Shares

काठमाडौं । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक नाबालक पनि रहेका छन् । घटनामा १० जना घाइते भएका छन् ।

रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा माडी गाउँपालिकाका जुनमाया खड्का, खडकबहादुर डाँगी, दाबाङका अमृता घर्ती, उनकी १८ महिनाकी छोरी र रामकली पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै उपचारका क्रममा रहेका पुर्‍याइएका माडीका झुपलाल डाँगी र एक महिलाको मृत्यु भएको हो । महिलाको सनाखत हुन सकेको छैन ।