Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


राजनसिंह भण्डारीको ‘आफैंलाई नियाल्दा’ आत्मकथा सार्वजनिक


130
Shares

काठमाडाौं । बंैकर्स राजनसिंह भण्डारीद्वारा लिखित पुस्तक ‘आफैंलाई नियाल्दा’ सार्वजनिक भएको छ ।

पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरदसिंह भण्डारीले शनिवार काठमाडौंमा सो पुस्तकको विमोचन गर्नुभएको हो ।

पुस्तकमा जीवनलाई कसरी सफलतातर्फ उन्मुख गराउने भन्नेकुरा उल्लेख गरिएको पूर्वमन्त्री भण्डारीले बताउनुभयो । उहाँले राजन नाताले काका परेपनि आफ्नो जीवनलाई सफल बनाएको र सो पुस्तकले मानिसलाई सफलतातर्फ उन्मुख हुने बाटो देखाउने विश्वास व्यक्त गर्नुभयो ।

मिनेट मिडियाद्धारा प्रकाशित सो पुस्तकमा भण्डारीले आफ्नो जीवनको सपना, संघर्ष र समृद्धिको आत्मकथा प्रश्तुत गर्नुभएको छ ।