
काठमाडौं । राष्ट्रिय सभामा (नेकपा माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताउनुभएको छ ।
सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद सुवेदीले यस्तो बताउनुभएको हो ।
सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको शुरुवात गर्नुपर्ने बताउनुभयो । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको बताउनुभयो । उहाँले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले लोडसेडिङ अन्त्य, समयमै पुस्तक विद्यार्थीको हातमा पुग्ने कुराको उत्खनन गर्न जरुरी रहेको बताउनुभयो ।
सांसद सुवेदीले व्रह्मलुट गर्नेमा मात्रै ध्यान हुने कर्मचारीले देशको सेवा गर्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्