Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


निर्वाचन आयुक्तमा प्रश्तावित प्रधानको संसदीय सुनुवाई प्रक्रिया सुरु


0
Shares

काठमाडौं । निर्वाचन आयुक्तका लागि प्रश्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले निर्वाचन आयुक्तका लागि प्रस्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए समितिमा सूचना दिन १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्को गत असार २ गते बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तामा सिफारिस गर्ने निर्णय गरेको थियो । निर्वाचन आयुक्तका लागि प्रश्तावित व्यक्तिबारे कुनै उजुरी वा सूचना भएमा समिति समक्ष दिनका लागि उजुरी आह्वान गर्न समितिको सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिसमशेर जबराले जानकारी दिनुभयो । समितिले सो उजुरीमाथि पनि छानविन व्यवस्था छ ।

प्रधान विगत दुई दशक बढी नेपाल कानून समाजका कार्यकारी निर्देशकको जिम्मेवारी रहनुभएको थियो । राजनीतिशाष्त्रका स्नातकोत्तर गर्नुभएका प्रधान नागरिक अगुवाहरुको आन्दोलनमा पनि सक्रिय रहँदै आउनुभएको थियो । प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । यसरी नियुक्त भएका निर्वाचन आयुक्तको पदावधि ६ वर्षको हुने छ ।