Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रतिनिधिसभा बैठक बस्दै : सांसद्का प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने


351
Shares

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेका संसद सचिवालयले जनाएको छ ।

बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि रहेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन् ।

त्यसैगरि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा विभिन्न शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।