
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो ।
सांसद कार्कीले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने बताउनुभयो ।
सांसद कार्कीले रसियामा बन्धक नेपालीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्