Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रधानमन्त्री दाहाल आज भारत भ्रमणमा जाँदै


351
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्री मोदीको आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लाग्नु भएको हो । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालका साथ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतम सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भारतका प्रधानमन्त्री मोदीको यो तेश्रो कार्यकालको शपथग्रहण हो । मोदीका साथै सरकारको मन्त्रिपरिषद्का केही सदस्यले आज शपथ लिने भएका छन् ।