Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री लामिछाने


1k
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताउनुभएको हो ।

गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुःखेसो पोख्नुभयो । उहाँले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लडाईं लड्न भने नछोड्ने दृढता व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताउनुभयो ।