३ असार २०८१, सोमबार | Mon Jun 17 2024


जनकपुरमा डुबेर दुई बालकको मृत्यु


715
Shares

काठमाडौं । धनुषाको जनकपुरधाममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाका जयनारायण महतोका ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानको ६ वर्षीय छोरा आदित्य पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार शनिबार बिहान घर नजिकैको साहुजी पोखरीमा नुहाउने क्रममा दुवै जना बालक डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए ।

घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएमा शनिबार चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।