३ असार २०८१, सोमबार | Mon Jun 17 2024


नेपालमा कोरोनाको ‘केपी १’ र ‘केपी २’ भाइरस पुष्टि


1.781k
Shares

काठमाडौं । नेपालमा पनि कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.वान’ र ‘केपी.टु’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिना यता गरेको परीक्षण मध्ये ४० वटा नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशत हाराहारीमा ‘केपी.वा र केपी.टु’ पुष्टि भएको जनाएको छ ।

यो भेरियन्ट पनि ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट भएको पनि प्रयोगशालाले जनाएको छ । यो भेरियन्ट समुदाय स्तरमै फैलिसकेको आशंका पनि गरिएको छ । अन्य देशको अवस्थालाई हेर्दा यो भेरियन्ट संक्रमणले ठूलो समस्या ल्याउने नदेखिएको पनि विज्ञहरुले बताएका छन् ।

घाँटी दुख्ने, खोकी लाग्ने, छाति दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरी हुने र नाकबाट पसिना आउने जस्ता लक्षण यो भेरियन्ट संक्रमणले हुने चिकित्सकहरुले बताएका छन् ।