२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


273
Shares

काठमाडौं । आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै हुनुहुन्छ । नेपालको संविधानको धारा १ सयको उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १ सय ५५ बमोजिम बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्नुहुने संघीय संसद्को आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ ।