Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


जेठ ४ गतेदेखि लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई अभियान सञ्चालन हुने


0
Shares

काठमाडौं । नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमीक युनियनले लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रको सरसफाई गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनले यसबारेमा जानकारी गराएको हो ।

यस वर्ष १७ जना पदमार्ग क्षेत्रमा कार्यरत श्रमीकहरुको प्रत्यक्ष सहभागिता सरसफाई कार्यक्रम आयोजना गर्न लागिएको नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमीक युनियनका अध्यक्ष सुमनप्र्र्र्रसाद पराजुलीले बताउनुभयो । उहाँले २०५२ देखि निरन्तर हिमाल बचाउ, जलवायु परिवर्तनको असर कम गरौँ भन्ने अभियान गर्दै आइरहेको बताउनुभयो ।

उहाँले पदमार्ग सरसफाई कार्यक्रम जेठ ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने बताउनुभयो । उहाँले नेपाल ट्रेडयुनियन महासंघ (जिफन्ट) र नेपाल ट्रेकिङ-ट्राभल्स-र्‍याफ्टिङ-एयरलाइन्स श्रमीक युनियन (युनिट्राभ) तथा नेदरल्याण्डको ट्रेड युनियन एफ.एन.भी सँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधारशिविरसम्म सरसफाई गर्ने बताउनुभयो । जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइराखौँ, मान्व जीवनलाई बचाइराखौँ भन्ने सन्देशसहित सरसफाई कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

उहाँले श्रमीकहरु सामाजिक उत्तरदायित्व र पर्यावरणको संरक्षणमा पनि उत्तिकै जिम्मेवार रहेको सन्देश दिइएको बताउनुभयो । उहाँले हिमाल, पदमार्ग र पर्यावरण जोगाउन सबै सँगै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।