२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा


0
Shares

काठमाडौं । तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले पहाडी भू–भागका स्थानीय स्रोत साधनको प्रयोग तथा रोजगारी सिर्जना हुने गरी टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गरिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले ग्रड हिमालय ट्रेड लगायतका पदमार्ग पूर्वाधार निर्माण कार्यलाई तिब्रता दिइने बताउनुभयो । उहाँले हलिउड तथा बलिउडका अन्तर्राष्ट्रिय चलचत्रि निर्मातालाई नेपालमा चलचित्र छायाङ्कनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवद्र्धन गरिने पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रिय सस्कृति नीति कार्यन्वयनमा ल्याइने बताउनुभयो ।