रसुवा । नेपाल खाद्य संस्थान तथा नेशनल ट्रेडिङ लिमिटेडले डोल्पाको लागि पठाएको सामाग्री रसुवागढी नाकामा नै थन्किएको छ ।
डोल्पाको तीन्जे डिपोका लागि पठाएको चामल, नुन तथा अन्य निमार्ण सामाग्री ४० दिनदेखि नाकामा नै थन्किएको हो ।
विगतमा सामान ढुवानी गर्दा नेपालकै कन्टेरमा लैजान सक्ने व्यवस्था भए पनि अहिले भने चीनले सिलबन्दी गरी चिनियाँ कन्टेनर नै प्रयोग गरेर लैजानुपर्ने नयाँ नियम बनेपछि सामग्री रोकिएको हो ।
यस्तो व्यवस्थाले प्रकृया लामो भएको र चीनतर्फ कन्टेर अभावमा सामान थन्काउनु परेको निकासीकर्ता रामशरण देउजाले बताए ।
नेपाल खाद्य संस्थानको तीन हजार टन चामल, नेशल ट्रेडिङ लिमिटेडको दुई हजार सात सय टन नुन, पचास हजार लिटर डिजेल तथा सेफोक्सुन्डो गाँउपालिकाको सामान तथा अन्य निमार्ण समाग्रीहरु रोकिएको हो ।
लामो समयसम्म समाग्री गाडिमा राख्दा चामल तथा नुन जस्ता खाद्यान्य बस्तुहरु बिग्रने अबस्थामा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्