२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


७४ प्रतिशत जारको पानी दूषित


0
Shares

काठमाडौं, असार ६ । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्यनन/परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेलापरेको हो ।

नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तकाअनुसार ५० ब्रान्डका जारको पानीका नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा कोलिफर्मसँगै इकोलाई पनि फेलापरेको हो ।

‘कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गरेका थियौं’–पन्तले भने–‘सिल भएका ब्रान्डबाट परीक्षण गर्दा अधिकांशमा जीवाणु फेलापर्‍यो ।’

राष्ट्रिय खानेपानी मापदन्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । 

नास्टकाअनुसार इकोलाईले हैजा हुन्छ । केही कोलिफर्म हानिकारक नभएपनि मापदन्डमा शून्य हुनुपर्ने भएकाले त्यसको प्रमाणीकरण गर्नतिर नलागिएको उनले जानकारी दिए ।

‘परीक्षणकाक्रमम कोलिफर्म ९२ प्रतिशत देखिएको छ । सबै हानिकारक नभएपनि छुट्याउन जरुरी छैन’–उनले भने–‘मापदन्डअनुसार कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।’

हानि गर्ने कोलिफर्मले आउँ, पखालालगायत हुन्छ ।

कान्तिपुर दैनिकबाट साभार ।