२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


वेष्ट इण्डिज ‘ए’सँग नेपाल ७६ रनले पराजित


1.157k
Shares

काठमाडौं । टी–ट्वेन्टी श्रृंखला अन्तर्गत वेष्ट इण्डिजसँग भएको तेस्रो खेलमा नेपाल फराकिलो रन अन्तरले पराजित भएको छ ।

बुधबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा नेपाल ७६ रनले पराजित भएको हो ।

जितसँगै वेष्टइण्डिजले श्रंखलामा २–१ को अग्रता बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले जोनसनको शतकमा नेपाललाई २२८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९ दशमलव २ ओभरमा अल आउट हुँदै १५१ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाए भने करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए । यस्तै विनोद भण्डारीले ४ चौकासहित १९ रन, अनिल शाहले १४ रन, आरिफ शेखले ३ रन, कुशल मल्लले २० रन, गुलशन झाले ६ रन, विवेक यादवले ३ रन र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए ।

वेष्ट इण्डिजका लेग स्पिनर हायडन वाल्सले नेपालको ३ विकेट लिंदा गुडाकेश मोतीले २ विकेट लिए । ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १–१ विकेट लिए । वेष्टइण्डिजका लागि ओपनर जोनसन चाल्र्सले ६१ बलमा १३ चौका र ७ छक्कासहित ११९ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो भन् दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो । चौथो खेल भोलि र अन्तिम खेल शनिबार हुनेछ ।