७ असार २०८२, शनिबार | Sat Jun 21 2025


उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै


52
Shares

काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने जनाइएको छ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको अवस्थाका साथै मन्त्रालयबाट भए गरेका कामकारवाहीका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबाट जानकारी लिने कार्यसूची रहेको छ ।