२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ब्रेक थ्रुको तयारी


390
Shares

सिन्धुली । सन्धुलीमा संचालित सुनकोशी मरिण डाइभर्सन आयोजनाको आगामी वैशाख २६ गते ब्रेक थ्रु गर्ने तयारी भइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङको निर्माण सम्पन्न भइ वैशाख २६ गते विशेष कार्यक्रमका साथ ब्रेक थ्रु गरिने भएको हो ।

कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्धे १३ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भइसकेको अवस्थामा आयोजना कार्यालयले बैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालबाट सुनकोशी गाउँपालिकाको वडा नं–७ मझुवा कानढुंग्ीमा सो सुरुङको ब्रेक थ्रु गर्ने तयारी गरिएको सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिनुभयो ।

गत २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सुनकोशी मरिण डाइभर्सन बहुदेश्यीय आयोजना एक वर्ष १० महिनामा निर्माण सक्ने लक्ष्य राखिएकोमा तीन महिनाअघि एक वर्ष ७ महिनामै ब्रेक थ्रो हुन लागेको हो ।

नेपाल सरकारसँग २०७७ चैतमा कुल १० अर्ब ५ करोड ६८ लाखमा सुरुङ निर्माणको ठेक्का चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले सम्झौता गरी कमलामाई नगरपालिका २ कुसुमटारबाट निर्माण थालिएको आयोजनाको सुरुङ कूल १३.३ किलोमिटर लामो लम्बाइको हो ।

यसबीचमा सुरुङ निर्माणका क्रममा भुगर्भभित्र टिबिएम माथि पहिरो खस्दा पटक पटक गरी झण्डै दुई महिना सुरुङ निर्माण अवरुद्ध समेत भएको थियो ।
यस आयोजनाबाट तराई–मधेसमा एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने र ३१ दशमलव ७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सिन्धुलीको सुनकोशी गाउपालिका ७ मझुवा कानढुंग्रीबाट सिन्धुली र रामेछापको सिमा हुदै बग्ने सुनकोशी नदीमा ३० मिटर उचाई र १ सय ५८ मिटर लम्बाईको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका २ कुसुमटारमा झारिने छ ।

६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ७ मेघावाट विद्युत उत्पादन गरिनुका साथै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ ।