३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न सक्दैन : अध्यक्ष ओली


598
Shares

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई चेतावनी दिनुभएको छ ।

गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन अध्यक्ष ओलीले राप्रपालाई सचेत पनि गराउनुभयो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताउनुभयो । उहाँले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने बताउनुभयो । ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिबन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा केही पनि भएको छैन भन्ने खालको निराशा पालेर नबस्न पनि युवालाई आग्रह गर्नुभयो ।