
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आइतवार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताउनुभयो ।
सांसद सुवेदीले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गर्नुभयो । उहाँले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताउनु भयो ।
सांसद सुवेदीले भन्नुभयो, ‘भौतिक विकास पछिल्लो चरणमा आएर केही भएको छ । तर त्यो विकासले मान्छे खुशी हुनुप¥यो नि । मानवीय विकासमा लगानी गर्नुप¥यो । हामीले छलफल गर्दा पनि त्यसमा छलफल गर्नुपर्छ । योजना आयोगका सदस्यहरुलाई हामीले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास केही हुनसक्छ, तर मानवीय विकासको पाटो हेर्ने हो भने असाध्यै कमजोर देखिन्छ । मान्छेमा निराशा आउनुको कारण त्यही हो । उद्योगधन्दा छैन, केही छैन, मानिसले रोजगारी पाएको छैन, जनता सबैसँग रिसाएको छ । विकासको बारेमा हामीले छलफल गरेर नयाँ ढंगबाट परिभाषित गरेर जानुपर्छ ।’
सांसद सुवेदीले उद्योगधन्दाहरु सञ्चालन गराउनुपर्ने र रोजगारकिो सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा बोल्दै अन्य सांसदहरुले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल शुरु गर्नुपर्ने सुझाव दिनुभयो
प्रतिक्रिया दिनुहोस्