काठमाडौं । केन्द्रीय मानन्धर संघले देशभरका १५ सय मानन्धरहरूलाई समेटेर शनिबार स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न ठाउँमा बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर वार्षिक रुपमा कार्यक्रम गर्दैै आएकोमा यसवर्ष मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको थियो ।
यस्तै आगामी वर्षका लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको खुसीयालीमा मनाइँदै आएको परम्परागत भोज कार्यक्रमलाई पछिल्लो समय समयानुकूल परिवर्तन गरी औपचारिक, सांस्कृतिक र आर्थिक क्षेत्र प्रवद्र्धनसँग जोडिएको छ ।
यो वर्ष स्वयम्भू भोज कार्यक्रमसँगै २०१० माघ १० गते देवीदास मानन्धरको संयोजकत्वमा गठन भएको केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस पनि मनाइएको छ । कार्यक्रममा विभन्न विधाका उत्कृष्ट व्यक्तित्व तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
साथै ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक तथा समाजसेवी रघुवर भक्त मानन्धरले प्रा. रामभक्त–सानुनानी मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार विभिन्न विधामा विद्यावारिधी गर्नुभएका डा. राजु, डा. राजभाइ र डा. विनिता मानन्धरलाई हस्तान्तरण गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्