काठमाडौं । श्रीकीर्ति विहारमा वसोवास गर्दै आउनुभएकी अनागरिका मिना प्रवज्जित हुनुभएको ३५ औं वर्ष पूरा भएको उपलक्षमा परित्राण पाठ एवं अष्ठपरिकार दान गरिएको छ ।
नगरमण्डप श्रीकीर्ति विहारका उपासक उपासिकाको आयोजनामा अनागरिका मिनाको सांसारिक जीवन निरोगी एवं दीघायू होस् भन्ने कामनाकासाथ शिल प्रार्थना, बुद्ध पूजा, धर्मोपदेश, परित्राण पाठ एवं अष्ठपरिकार दान गरिएको आयोजकले बताएका छन् ।
भगवान बुद्धले समेत बुद्धज्ञानमा प्रबज्जित जीवन अघि बढाउनु सामान्य कुरा नभएको एवं सबैले नसक्ने दुर्लभ कुरा भएको उल्लेख गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस्