Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


तीन स्थानमा विशिष्टकृत अस्पताल निर्माण गर्दैछौं : स्वास्थ्यमन्त्री यादव


1.6k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मधेशको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनका लागि तीन स्थानमा विशिष्टकृत अस्पतालको निर्माण गर्न लागिएको बताउनुभएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालमा अमेरिकी सहयोगमा निर्माण गरिएको अत्याधुनिक बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री यादवले सरकारले निकट भविष्यमै मधेशका तीन स्थानमा विशिष्टकृत सेवा सहितको अस्पताल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री यादवले मधेशको जनकपुरधाम, वीरगञ्ज र राजविराजमा उक्त अस्पताल निर्माण गरिने बताउनुभयो । उहाँले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत अस्पतालहरु आएपछि केही सुधार आएपनि आशा गरे अनुरुप सुधार नभएको जिकिर गर्नुभयो । सुधार ल्याउनका लागि चिकित्सक मात्र नभई आ–आफ्नो क्षेत्रबाट सबैले समर्पण देखाउनु आवश्यक रहेको उनको मन्त्री यादवको भनाइ थियो ।

प्रादेशिक अस्पतालमा वर्षेनी १२ हजार बढी प्रसुति हुँदै आएकोमा बर्थिङ सेन्टर निर्माणले सुरक्षित प्रसुति सेवा प्रदान गर्न सहयोगी सावित हुने चिकित्सकहरुले बताए । यसका साथै मातृ मृत्युदर घटाउन समेत मद्दत पुग्ने उनीहरुको भनाई छ ।

Skip This