Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन


5.6k
Shares

काठमाडौं । नेपालकै पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको निधन भएको छ ।

विष सेवन गरी गम्भीर भएका ७६ वर्षिय श्रेष्ठको उपचारको क्रममा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा बिहीबार निधन भएको हो ।

गत चैत्र ७ गते विष सेवनबाट अचेत रहेका उनको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

के कति कारणले विष सेवन गरेको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले सुसाइड नोट फेला पारेको र अनुसन्धान भइरहेको जनाएको छ । वरिष्ठ साहित्यकार, मातृभाषा र समाजसेवी समेत रहेका श्रेष्ठको उदयपुर सिमेन्ट उद्योग स्थापनमा समेत योगदान रहेको बताइन्छ ।

नेपालमा पहिलो रंग कारखाना समेत खोलेका र कम्पनी टाट पल्टेपछि भारतमा गएर रिक्सा मजदुरी समेत गरेका श्रेष्ठ पछि रुस गएका थिए । उहाँका दुई जना छोरा रहेका छन् ।