१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


महराको बयान सकियो


0
Shares

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बुधबार र बिहीबार महराको बयान लिइएको हो ।

बयान सकिएपछि महरालाई नर्भिक अस्पतालमै लगेर भर्ना गरिएको छ । यही चैत्र ५ गते कपिलवस्तुबाट गरी काठमाडौं ल्याएदेखि नै नर्भिक अस्पतालमा बस्दै आएका महरालाई बयानका लागि ल्याउँदा डिस्चार्ज गर्ने र पुनः लगेर भर्ना गर्ने गरिएको प्रहरीले जनाएको छ ।

बयानका क्रममा महरा निकै दुखी र निराश देखिएको बयानमा संलग्न कर्मचारीहरुले बताएका छन् । सीआइबीले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि लिएको म्याद भोलि सकिंदैछ । बयान सकिएको र स्वास्थ्य अवस्था पनि निकै कमजोर देखिएकाले उनलाई हाजिर जमानीमा छाड्ने संभावना रहेको बुझिएको छ ।

सरकारी वकिलेको अनुमति लिएर अनुसन्धान अधिकृतले हाजिर जमानीमा छाड्न सक्ने काुननी प्रावधान रहेको छ । गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीको छानविन गर्न गठीत आयोगले महराको संलग्नता औंल्याएपछि उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गतेदेखि थुनामा रहेका छन् ।