५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


जलन उपचारका लागि वीर, शिक्षण र पाटन अस्पतालमा युनिट स्थापना गर्दैछौं : प्रधानमन्त्री दाहाल


286
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गर्न लागिएको बताउनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री दाहालले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले प्रदेशमा रहेका केन्द्रिय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने व्यवस्था मिलाइने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था शुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी गराउनुभयो ।