Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


आज बागमती प्रदेशसभाको बैठक बस्दै


130
Shares

काठमाडौं । आज बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो ३ बजे बस्ने जनाइएको छ ।

बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो धारणा राख्ने छन् भने त्यसपछि आर्थिक वर्ष २०८०–८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

यसअघि मंगलबार प्रदेशसभा बैठक १० मिनेट बसेर स्थगित गरिएको थियो । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिका संयोजक नेपाली कांग्रेस संसदीय दलका सचेतक गोविन्द लम्सालले समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।