
काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभालाई ओझपूर्ण, गरिमामय र देशको अति आवश्यक संस्था बनाउन प्रयत्न गर्ने बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने कानून निर्माण लगायत हरेक कामलाई गम्भिरताका साथ लिएर अगाडी बढ्ने बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष दाहालले विभिन्न पार्टीसँग आवद्ध राष्ट्रिय सभा सदस्यहरुलाई एकतावद्ध बनाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर सभाको गरिमा बढाउने गरी काम गर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा अध्यक्षको रुपमा आफू सफल हुने कुराको आत्मविश्वास रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्