Logo १८ माघ २०८२, आइतबार | Mon Feb 2 2026


निकिला मिडिया नेटवर्कको तेश्रो संस्करण (ग्यालेक्सी एक्सिलेन्स अवार्ड) हुँदै


221
Shares

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ ।

कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेल, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट पत्रकार सम्मेलनमार्फत गत बिहीबार उक्त समारोहको घोषणा गरिएको हो । अवार्ड आगामी मे २५ मा प्रदान गरिनेछ ।

निकिला मिडिया नेटवर्कले लामो समयदेखि आफ्नो क्षेत्रमा समाज र देशका लागि योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्दै आएको जनाएको छ ।

कार्यक्रममा बोल्दै आयोजक संस्था निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलले उक्त संस्थाले गरेको पहिलो र दोश्रो संस्करणको ग्यालेक्सी एक्सिलेन्स अवार्डको भव्य सफलतापछि देश विदेशबाट आएका सकारात्मक प्रतिक्रिया एवं अवार्डको गरिमाका विषयमा भएका टिका टिप्पणीले आफूहरू थप उर्जावान भएको बताउनुभयो ।

अवार्ड घोषणा समारोहमा नेपाली गीत–संगीत, कला–संस्कृतिका चर्चित व्यक्तित्व, प्रसिद्ध गायक संगीतकार शम्भुजित बास्कोटा, ग्यालेक्सी एक्सिलेन्स अवार्डका निर्देशक शिशिर टण्डन, भारतका प्रमुख तथा ईभेन्ट डाईरेक्टर पुनम कौशिक, अर्का भारतीय ईभेन्ट व्यवस्थापक श्रुती सरल लगायत पेजेन्ट नेपालका प्रमुख एवं कार्यक्रम व्यवस्थापन संघका उपाध्यक्ष राज लुईटेल, शिक्षाविद् रमा प्याकुरेल लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका अनुसार यसअघिका वर्षमा होटल ¥याडिसन तथा होटल ह्यायत प्यालेसमा भएको पहिलो र दोश्रो संस्करणको ३५ विधाका अवार्डलाई नै कायम राख्दै यस पटक पनि प्रत्येक क्षेत्रका दिग्गज स्रष्टालाई समेट्दै देशका विख्यात एवं अन्तराष्ट्रिय जगतमा ख्याती कमाएका प्रतिष्ठित निणार्यक मण्डलको टिमले नेपालभरबाट परेको आवेदनहरुको अन्तिम छनौट गरि विजेतालाई आगामी मे २५ मा होटल हायात प्यालेसमा भव्य समारोहका बीच अवार्ड हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

ईच्छुक सम्बन्धित दक्ष एवं विज्ञहरुले अवार्डको वेबसाईट डव्लु डव्लु डट ग्यालेक्सी एक्सिलेन्स अवार्ड डटकमबाट थप जानकारी लिई आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । देशका मात्र नभई विश्वव्यापी रुपमा ख्यातीप्राप्त व्यक्तित्वको आवेदनको आधारमा अवार्डका लागि छनौट गरिने जनाइएको छ ।