२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


ई-सेवाबाट बीमा प्रिमियम भुक्तानीमा विशेष योजना


13
Shares

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था ई-सेवाले बीमा प्रिमियम भुक्तानीमा विशेष योजना ल्याएको छ ।

यस अफर अन्तर्गत ई-सेवा एप वा वेबबाट नेपालभरि कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाईको पुरस्कार पाउनसक्ने कम्पनीले जनाएको छ ।

ई–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजारसम्म पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । विजेताले नगद वा पचास हजार बराबरको ल्यापटप स्मार्टफोन पाउन सक्ने र अन्य ५ भाग्यशाली विजेताले पनि विभिन्न पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।