
काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गर्नुभएको हो ।
संघमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिनुभएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्