१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


नयाँ सत्ता गठबन्धनको बैठक बस्दै


1.898k
Shares

काठमाडौं । आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा मन्त्रालय बाँडाफाँड टुंगो लगाउने बारेमा निर्णय गरिने बताइएको छ ।

मन्त्रीहरुको बाँडफाँडका लागि एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ खटिनुभएको छ ।

यसअघि सोमवार बिना विभागीय मन्त्रीको रुपमा एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथग्रहण गरिसक्नुभएको छ ।