२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


संसद र संसदीय समिति पेपरलेसमा जानुपर्छ : सांसद पन्थ


78
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्थले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताउनुभएको हो ।

सांसद पन्थले सांसदहरुको भुमिका संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने बतउनुभयो । उहाँले संसद र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसद पन्थले अबको संसद र संसदीय समिति पेपरलेस हुनुपर्ने बताउनुभयो ।