७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


कीर्तिपुरका ऐतिहासिक पोखरीहरु आधुनिकताको मारमा


559
Shares

काठमाडौं । कीर्तिपुर प्राचीन सैन्य सुरक्षात्मक दृष्टकोणले एक महत्वपूर्ण नगर हो । त्यसबेला कीर्तिपुर नगरलाई पोखरीहरुले घेरेर सुरक्षा गरिएको थियो । तर विडम्बना अहिले जलस्रोतको भण्डार यी पोखरीहरु नासिएका मात्रै छैनन् आधुनिकताको मारमा परेर अस्तिवको अन्तिम सास फेर्दैछन् ।

कञ्चन पानी भएका यी पोखरीहरु कीर्तिपुरको ऐतिहासिक भिं र मभिं पुखु हुन । यस्ता कैयन कीर्तिपुरका पोखरीहरु सैन्य सुरक्षा र जल भण्डारसहितको नगर सभ्यताको गौरवशाली पहिचान थिए । तर समयक्रम सँगै यहाँका पोखरीहरु विभिन्न कारणले नासिएका छन भने कुनै अस्तित्वको अन्तिम लडाइँ लडिरहेका छन् ।

कीर्तिपुर नगरपालिका वडा नं ३ खशिबजारमा रहेको मभिं पुखु कंक्रित संरचनामा सौन्दयकरण सहितको पुनः निमार्ण कार्य भइरहेको छ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र कीर्तिपुर नगरपालिकाको सहकार्यमा २ करोड ६९ लाखको लागतमा यो निमार्ण कार्य भइरहेको हो । तर स्थानीयले भने कंक्रिट संरचनाले ऐतिहासिक पोखरीको अस्तित्व मेटिने भन्दै विरोध गर्दै आएका छन् । उनीहरुकै उजुरीको आधारमा पुरातत्व विभागले पनि एैतिहासिक पोखरीको संरक्षणमा प्रचलित कानून बमोजिम कार्यरत रहेको जनाएको छ । तर पोखरी वरपरका स्थानीयकै संलग्नतामा निमार्ण कार्य तीव्र्र रुपमा भइरहेको छ । पोखरी पुन निमार्ण रोक्नु नपर्ने स्थानीय निलेश नर्कमी बताउनु हुन्छ ।

विगतमा यसरी नै भिं पुखु लगायतका पोखरीहरु पुन निमार्ण गर्दा हुने, अहिले किन नहुने भन्ने स्थानीयको तर्क छ । आफूहरुको माग अनुसार नै पोखरी बनिरहेको दाबी पनि उनीहरुले गरेका छन् । पोखरी कंक्रिट पुनर्निमाण गर्न हुने र नहुने भन्ने विषयमा अहिले यहाँ दुई पक्षबीच विवाद चुलिएको छ । केही स्थानीयले भने राजनिति घुसेको दाबी गरेका छन् ।

यसअघि पनि भिं र लाभा पुखुको पुननिर्माण र सौन्दर्यकरणमा कंक्रिटकै प्रयोग गरिएको रहेछ । जसले गर्दा ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा संरक्षणमा जानेर वा नजानेर विगतमा भएका कमजोरीलाई सच्याउनुको सट्टा पहिले भइसकेको गल्तीलाई नजीर देखाउने काम भइरहेको छ । स्थानीयका घरको सुरक्षाका लागि पनि ढुँगासहित कंक्रित संरचना बनाउनु परेको नर्कमीको तर्क छ । सम्भावित विश्व सम्पदाको सूचीमा रहेको कीर्तिपुर नगरको पोखरी सम्पदा संरक्षणमा संवेदनशील हुन नसक्नु दुखद् हो । यदी यहाँको पहिचानलाई विश्व सामु पुर्‍याउने हो भने पहिले स्थानीय नै सजग र सचेत हुन आवश्यक छ । पुर्खाको नासोलाई वर्तमान पुस्ताले फगत सौन्दर्यकरणको मोह त्यागेर भावी पुस्ताका लागि मौलिक सम्पदाकै रुपमा हस्तान्तरण गनुपर्नेमा दुईमत नहोला ।