 
	    काठमाडौं । सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । बैठकमा सभामुखले फागुन १८ गते बस्ने बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गर्नु भएको हो । यसपछि संसदको अवरोध हटेको छ ।
यसअघि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः शुरु भएको हो । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भन्नुभयो – ‘माननीय सदस्यहरु, बैठकमा नियमित रुपमा यहाँहरुले उठाउनुभएको विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरुले उठाउनुभएको विषयहरुमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले विवादित मन्त्रीहरुको राजीनामाको माग गरेका थिए । मन्त्रीहरु विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्