७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


महासमिति बैठकमा पार्टीभित्रको असमझदारी सबै मेटिएको छ : नेता सिटौला


416
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकबाट पार्टीभित्र देखिएका असमझदारीहरु मेटिएको बताउनुभएको छ ।

बिहीबार महासमिति बैठक समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले महासमिति बैठक भव्यताका साथ ऐतिहासिक ढंगले सम्पन्न भएको बताउनुभएको छ । उहाँले महासमिति बैठकले पार्टी नेता तथा कार्यकर्ताहरुका बीचमा वृहत एकता भएको र असमझदारीहरु मेटिएको बताउनुभयो ।

नेता सिटौलाले अब कांग्रेसले एउटा लाइन बसाल्ने र आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउनेगरी पार्टीको संगठन परिचालन हुने बताउनुभयो ।

नेता सिटौलाले मुलुकमा देखिएका समस्या समाधान गर्ने क्षमता कांग्रेससँग मात्रै रहेको बताउनुभयो । उहाँले काँग्रेस मुलुकको राजनीतिको पथप्रदर्शक भएको उल्लेख गर्नुभयो ।