
परासी । नवलपरासीमा १ लाखबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइँदैं छ ।
जिल्लाका सात पालिकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।
जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम, सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिने छ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।
सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाण्डौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोगविरुद्धको खोप लगाउँदै छ । सबै उमेर समूहमा देखिन सक्ने यो रोगबाट सबैभन्दा बढी ५ वर्षमुनीका बालबालिकाहरु जोखिममा रहेका छन् ।
यो रोगको उपचार नभएकाले खोप नै प्रभावकारी भएकाले अभियानको समयमा बालबालिकालाई नछुटाउन स्वास्थ्य कार्यालयले अभिभावकहरुलाई आग्रह गरेको छ । सरकारले सन २०२६ सम्म दादुरा–रुबेला रोगको निवारण र पोलियो उन्मूलन गर्ने लक्ष्य लिएको छ ।
प्रतिक्रिया दिनुहोस्