 
	    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले प्राध्यापक चित्रबहादुर बुढाथोकी, प्राध्यापक केशरजंग बराल र प्राध्यापक टंकनाथ धमलाको नाम सफारिस गरेको हो ।
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये सर्ट लिष्टमा परेका १४ उम्मेदवारको अन्तर्वार्ता पछि तीन जनालाई सिफारिस गरिएको हो ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले ती तीनजनामध्येबाट एक जनालाई विश्वविद्यालयको उपकुलपति नियुक्त गर्नुहुनेछ ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएपछि गत कात्तिक २४ गते प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेकोे समिति गठन गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्