Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री ज्वाला


208
Shares

काठमाडौं । भौैतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

राष्ट्रिय गौरबको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।

मन्त्री ज्वालाले चालु आर्थिक वर्षमा पनि हुलाकी राजमार्गलाई प्राथमिकता दिएर सरकारले पर्याप्त बजेट विनियोजन गरेको दाबी गर्नुभयो । उहाँले नेपालगञ्जदेखि गुलरियासम्मको सडक खण्डको अनुगमनका क्रममा सन्तुष्टि गर्ने ठाउँ रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले सडक खण्डको निर्माण तिब्र रुपमा अघि बढेको पनि बताउनुभयो । उहाँले तीन वर्षको लागि २ अर्ब ७८ करोड सम्झौता भएकोमा एक वर्षमै करिब ५० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी एक वर्षभित्रमा सम्पूर्ण निर्माणको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीयहरुको गुनासो बजेट अभाव भयो भन्ने रहेको भन्दै सरकारले बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीक अनुसार मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्नेगरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम शुरु गरेको हो ।