११ असार २०८२, बुधबार | Wed Jun 25 2025


माओवादीको विधान सम्मेलन आज सकिँदै


78
Shares

काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा समुहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

बुधबार १३ वटा समुहले निष्कर्ष प्रस्तुत गरेका थिए भने आज सात वटा समूहले निष्कर्ष सुनाउने कार्यसूची छ । समूहका प्रमुखहरूले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरिरहेका छन् ।

केही नेताले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग वाम गठबन्धन गर्नसमेत आग्रह गरेका छन् । आज विहान ११ बजेदेखि शुरु हुने वैठकमा समूहगत छलफलका सुझावहरु पेश गर्ने क्रम सकेपछि आजै विधान सम्मेलन अन्त्य गर्ने तयारी भइरहेको छ ।