काठमाडौं । बसन्त पञ्चमीको अवसरमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले बसन्त श्रवण गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा बसन्त श्रवण गर्नुभएको हो ।
यस दिन हनुमानढोकाको नवसाल चोकमा राष्ट्रप्रमुखले बसन्त श्रवण गर्ने प्रचलन रहिआएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।
बसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने बिश्वास छ । बसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ । यस दिनबाट नै संसारको स्वरूपले नै नयाँ रूप लिने विश्वास रहिआएको छ ।







प्रतिक्रिया दिनुहोस्