Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


नेपाल चिया विकास निगम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित


208
Shares

काठमाडौं । नेपाल चिया विकास निगम अन्र्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।

८ औं एशिया टी कम्पिटिसन २०२३ को चिया गुणस्तरमा निगम गोल्ड विजेता बन्न सफल भएको हो ।

हालै नेपाल चिया तथा कफि विकास बोर्डको आयोजनामा चितवनमा भएको चियाहरुको वृहत प्रदर्शनी तथा टी टेस्टिङ्ग कार्यक्रमका अवसरमा निगमका कार्यकारी अध्यक्ष सुभाष चन्द्र संघईलाई कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले उक्त पुरस्कारबाट सम्मानित गर्नुभएको हो ।

प्रत्येक साल विश्वभरीका १७ चिया उत्पादन गर्ने देशहरु बिच हुने यस प्रतियोगितामा नेपालको तर्फबाट निगमले सहभागिता जनाएको थियो । निगमले टोकला चियाको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

यस पुरस्कारले नेपाली चियालाई अन्र्तराष्ट्रिय बजारमा थप चिनाउन र प्रवद्र्धन गर्न निकै ठूलो टेवा दिने कम्पनीको विश्वास छ ।