२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


घरजग्गा तथा आवास व्यवसायीको भेला सम्पन्न


390
Shares

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभा १९ बूँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको छ । पोखरामा आयोजित महासभाले आगामी वैशाखमा हाउजिङ सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

महासभा बैठकका निर्णयहरु सार्वजनिक गर्न आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष भेषराज लोहनीले घर जग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताउनुभयो ।

ल्याण्डपुलिङ र हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराइ टाउनसिप विकास गर्नूपर्ने व्यावसायीको माग रहेको उहाँले जानकारी दिनुभयो । हदबन्दी, विदेशीलाई अपार्टमेण्टलगायतका विषय आफूहरुले उठाएको पनि उहाँले बताउनुभयो ।

महासभा बैठकले रियल इस्टेटलाई उद्योगको रूपमा विकास गर्ने, ब्रोकरेज नियमन र भूमि बजार सम्बन्धी कानून निर्माण गर्र्ने, जग्गाको हदबन्दी हटाउने, अपार्टमेन्ट बिक्रीका लागि कानूनी व्यवस्था गर्ने, कम्पनी दर्ता गरी कर कानूनको पालना गर्ने, वातावरणमैत्री सहरी विकास गर्नेलगायतका निर्णय पनि गरेको छ ।